१५ असार २०८३, सोमबार

टाटा गाडीको सर्भिस सुविधा अब धार्केमा पनि

टाटा गाडीको सर्भिस सुविधा अब धार्केमा पनि

नेपालभरी सबै भन्दा ठूलो सर्भिस संजाल रहेको सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले सम्पूर्ण टाटा कमर्शियल गाडीहरुको सर्भिस तथा मर्मतको लागी धादिङ्ग जिल्लाको धार्केस्थित जुंगे खोलामा आफ्नो सेवा विस्तार गरेको छ ।

ग्राहकहरुको उच्च मागलाई सम्बोधन गर्दे कम्पनिले धार्केमा टाटा गाडीको सर्भिस सेवा सुचारु गरेको छ । 

सिप्रदीका कस्टमर केयर, कमर्सियल भेइकलका प्रमुख साम्देन लामाको अनुसार, “गाडी बेच्नु मात्र नभएर बिक्रिपछिको सेवालाई ध्यानमा राखेर सिप्रदी अघि बढीरहेको छ ।

सिप्रदीले कम्पनीको सुरुवातबाटै बिक्रीपश्चातको सेवालाई उच्च प्राथमिकतामा दिदै आइरहेको छ र यो धार्केमा खोलिएको सर्भिस सेन्टरले हाम्रो यो प्रतिबद्धताको पुस्टि गर्छ । र हामीलाई आशा छ यो सर्भिस सेन्टरले यो राजमार्गमा टाटाको गाडी चलाउने ग्राहकहरुलाई सहजता प्रदान गर्ने छ ।“

यसका  साथै राजमार्गमा आउन सक्ने अप्रत्याशित परिस्थितिमा आकस्मिक मर्मत सेवा प्रदान गर्न सिप्रदीले रोड साइड एस्सीस्टेन्स्को मोबाइल वर्कसपबाट सेवा प्रदान गर्दै नै आइरहेको छ । जस अन्तर्गत २४ घण्टा ७ दिन उपलब्ध रहने निःशुल्क फोन एनटिसी भए १६६००१५५७७७ वा एनसेल भए ९८०१५७५७७७ मा एक कलफोन गर्दा समस्याको छिटोभन्दा छिटो समाधान पाइन्छ ।  

धार्के वर्कशप मार्फत ग्राहकहरुले टाटा कमर्शियल गाडीहरुको सम्पूर्ण सर्भिस तथा मर्मत सेवा प्राप्त गर्न सक्ने छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्