०८ साउन २०८३, शुक्रबार

साझा पार्टीको केन्द्रीय सदस्यमा थपिय ३७ नेता, को–को ?

साझा पार्टीको केन्द्रीय सदस्यमा थपिय ३७ नेता, को–को ?

साझा पार्टीको केन्द्रीय सदस्यमा ३७ जना थपिएका छन् । यससँगै अब पार्टीमा ६५ केन्द्रीय सदस्य रहेका छन् । 

साझाले प्रदेश तथा साझा युवा संगठनबाट ३७ जना थप गर्दै केन्द्रीय समितिलाई पूर्णता दिएको हो । 

थपिएका ३७ जना सदस्यमा १० जना महिला रहेका छन् । 

समय दिएर अग्रपंक्तिको राजनीतिक नेतृत्व लिन चाहने महिला, विभिन्न समावेशी समूहका सदस्यको अझै पनि पार्टीले अभाव महसुस गरेको संयोजक रविन्द्र मिश्रले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

साझा पार्टीको केन्द्रीय समितिमा थपिएकाहरुमा महेन्द्र थापा, अमलेश कर्ण, धनपति महतो, सुमनकुमार मिश्रा, दिव्येश गिरी, मुरली मनोहर मिश्र, अनुपा श्रेष्ठ, पुष्पा सापकोटा, सुरज प्रधान, प्रदीप थापा, भुपेन्द्र बस्नेत, अमृत पुडासैनी रहेका छन् ।

त्यस्तै दीपक पौडेल, हरिप्रसाद गौतम, अर्जुनप्रसाद खनाल, नवराज थापा, हरिकृष्ण अधिकारी, इन्दिरा वाग्ले शर्मा, मधुसुदन केसी, केशवबहादुर मल्ल, सुशीलराज देवकोटा, घनश्याम विश्वकर्मा, पवन मल्ल, संगीता श्रेष्ठ पनि साझा पार्टीको केन्द्रीय समितिमा थपिएका छन् ।

लक्ष्मी शाही, दुज्जी चौधरी, घनबहादुर शाह, सरोज गौतम, प्रकाश आचार्य, पवित्र थापा, सस्मित पोखरेल, संजय बराल, आशिष रेग्मी, दीपक उप्रेती, विणा शाह, शारदा रिजाल र लक्ष्मी घिमिरे पनि केन्द्रीय समितिमा थपिएका छन् । 

प्रेस विज्ञप्ति: साझा पार्टीको केन्द्रीय समिति पुनर्गठन साझा पार्टीले सातै प्रदेश तथा साझा युवा संगठनबाट ३७ जना थपेर...

Posted by Sajha Party on Thursday, October 8, 2020

salt training

कमेन्ट गर्नुहोस्