
प्रदेश १ मा आज सबैभन्दा बढी ४११ जना कोरोना सङ्क्रमित थपिएका र विभिन्न स्थानबाट ४५८ जना डिस्चार्ज भएका छन् । थपिएका सङ्क्रमितमा १५८ महिला र २५३ जना पुरुष रहेका छन् ।
थपिएका सङ्क्रमितमा मोरङमा १७४ मध्ये विराटनगरमा १००, सुनसरीमा १५५, झापामा ३६, उदयपुरमा १९, भोजपुर, इलाम र ताप्लेजुङमा दुईदुई, धनकुटा, खोटाङ, संखुवासभा, तेह्रथुममा एकएक जना र प्रदेश बाहिरका १७ जनामा सङ्क्रमित रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेशमा सङ्क्रमितको सङ्ख्या आठ हजार ८५७ पुगेको छ भने अहिलेसम्ममा चार हजार ६६२ जना निको भएर घर फर्किएका छन् ।