×

NMB BANK
NIC ASIA

‘विवादास्पद’ छविका सहसचिवलाई ‘ठाउँ’ दिन दुई मन्त्रीको मरिहत्ते

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel
काठमाडौं, २६ वैशाख – विवादास्पद छविका प्राविधिक समूहका सहसचिव रामआधार शाहलाई प्रशासन समूहमा ल्याउनको लागि चलखेल शुरु भएको कर्मचारीहरूले बताएका छन् । सामान्य प्रशासनमन्त्री केशवबहादुर बुढाथोकी र विज्ञान तथा प्रविधिमन्त्री प्रेमबहादुर सिंहले विवादास्पद छविका शाहलाई ‘बोकेर’ हिँडेको उनीहरूको भनाइ छ ।

अहिले विज्ञान तथा प्रविधि मन्त्रालय दरबन्दीविहीन अवस्थामा काम गरिरहेका उनलाई प्रशासन समूहमा ल्याउनका लागि दुई मन्त्री हात धोएर लागेको कर्मचारी बताउँछन् । पर्दापछाडिबाट शाह आफैले ‘चलखेल’ गरिरहेको कर्मचारी प्रशासनका जानकारहरू बताउँछन् ।

प्रविधिमन्त्री सिंहको दबाबमा उनलाई प्रशासन समूहमा ल्याउन खोजिएको हो । तर प्रशासन समूहका कर्मचारीहरूले चाहिँ विरोध गरेका छन् । सोमवारको मन्त्रिपरिषद् बैठकमा यस विषयमा चर्काचर्की समेत भएको थियो ।
मुख्यसचिव सोमलाल सुवेदीले सोमवारको मन्त्रिपरिषद् बैठकमा प्राविधिक समूहमै कर्मचारीको अभाव भइरहेको बेलामा शाहलाई प्रशासन समूहमा ल्याउन नसकिने बताए । तर सुवेदीलाई सामान्य प्रशासनमन्त्री र विज्ञानप्रविधि मन्त्रीले रोकेका थिए ।

मन्त्रिपरिषद्कै बैठकमा चर्काचर्की भएपछि यो विषयलाई लोकसेवा आयोगमा पठाउने निर्णय भएको छ । मन्त्रिपरिषद् बैठकले लोकसेवा आयोगमा यो विषयमा राय मागेपछि थप प्रक्रियामा अघि बढ्ने निर्णय गरेको हो । अब लोकसेवा आयोगले सहमति दिएमा मात्रै उनलाई सरकारले प्रशासन समूहमा ल्याउनेछ ।
तर उनलाई प्रशासन समूहमा ल्याउनका लागि सामान्य प्रशासनमन्त्री र विज्ञान प्रविधिमन्त्री सक्रियतापूर्वक लागेका छन् । सामान्य प्रशासन मन्त्रालयका सचिवले शाहको स्थानान्तरणका लागि उठाइएको फाइलमा हस्ताक्षर गरेका छैनन् ।

उनले हस्ताक्षर नगरेपनि सामान्य प्रशासनमन्त्री बुढाथोकीले ठाडो प्रस्ताव मन्त्रिपरिषदमा लगेका हुन् । उनी आफैंले हस्ताक्षर गरेर प्रस्ताव गरेका छन् ।

‘शाहले प्रशासन समूहमा आएर छिटो बढुवा हुने र राम्रो ठाउँमा बसेर चलखेल गर्न खोजेका छन्,’ सामान्य समूहका एकजना सहसचिवले भने, ‘तर उनीजस्ता विवादित मान्छेलाई सामान्य समूहमा ल्याउनु हुँदैन भन्ने हाम्रो मान्यता हो ।’

उनले निजामती ऐनले पनि उक्त विषयलाई रोकेकोले सीमित स्वार्थका आधारमा विधि र प्रक्रिया मिच्न नहुने बताए ।

विज्ञानप्रविधि मन्त्री सिंहले निजामती ऐन अनुसार नै उनलाई सामान्य प्रशासन समूहमा सार्न खोजिएको बताए । ‘उहाँ अहिले दरबन्दीविहीन अवस्थामा विज्ञान प्रविधि मन्त्रालयमा हुनुहुन्छ,’ उनले भने, ‘उहाँमाथि मुद्दा परेपछि उहाँको दरबन्दी खारेज भएको थियो, अहिले सफाइ पाउनुभएको छ । त्यसैले उहाँले न्याय त पाउनुपर्ने हुन्छ ।’
अब एक वर्षसम्म कुनै पनि दरबन्दी नबनाउने मन्त्रिपरिषद्को निर्णय भएसँगै उनलाई सामान्य समूहमा लैजानुपर्ने आफूहरूको राय रहेको सिंहले बताए ।

शाह कर्मचारी प्रशासनमा पटकपटक कारवाहीमा परेका व्यक्ति हुन् । उनले शाखा अधिकृत हुँदा नै पटकपटक नसिहत पाएका थिए । खराब आचरणका कारण २०६६ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनको दुई ग्रेड घटुवाका लागि सिफारिश गरेको थियो ।

उनले नाकाबन्दीको समयमा पम्पहरूसँग मिलेर कालोबजारी गरेको समेत आरोप खेपेका थिए । तर जिल्ला अदालतले उनलाई सफाइ दिएको थियो । अदालतले सफाइ दिएको भएपनि उनी व्यापारीहरूसँग मिलेर तस्करीमा सहभागी बनेको जानकारहरू बताउँछन् । अदालतले प्रमाणको अभावमा उनलाई सफाइ दिएको भएपनि उनको आचरण र नैतिकता ठीक नरहेको कर्मचारीहरू बताउँछन् ।

शाहले प्रशासन समूहमा छिर्नको लागि मरिहत्ते गरिरहेका छन् । उनी आफूले पर्दापछाडिबाट मन्त्रीहरूलाई प्रभावमा पारेको सामान्य प्रशासन मन्त्रालयका कर्मचारीहरू बताउँछन् ।
‘सामान्य समूहमा छिरेपछि कतै सिडिओ बनेर थर्काउन पाउँछु कि भनेर उहाँ लागिपर्नुभएको हो,’ एकजना उच्च

कर्मचारीले भने, ‘तर उहाँ जस्तो भ्रष्ट मान्छेलाई ल्याउनु हुँदैन ।’ उनी प्रशासन समूहमा आएमा अरू प्रशासन समूहका कर्मचारीमाथि अन्याय हुने समेत उनले बताए ।

सामान्य प्रशासन समूहका वरिष्ठ कर्मचारीहरूले लोकसेवा आयोगका अध्यक्षलाई भेट्ने कार्यक्रम बनाएका छन् । एकदुई दिनमै आयोगका अध्यक्षलाई भेटेर यो विषयमा आफूहरूले असहमति प्रकट गर्ने उनले बताए । त्यसपछि आफूहरू आन्दोलनमै उत्रने उनीहरूले बताएका छन् ।

शाहलाई ठगी मुद्दा लागेपछि उनको दरबन्दी खारेज भएको थियो । अहिले उनले विज्ञान प्रविधि मन्त्रालयमा हाजिर लगाउँछन् । तर उनको दरबन्दी त्यहाँ छैन ।

सहसचिवलाई दरबन्दीविहीन अवस्थामा राख्न नसकिने भन्दै प्रशासन समूहमा सार्न खोजिएको हो । विज्ञान प्रविधिमन्त्री सिंहले उनको विगत जस्तो भएपनि अदालतबाट सफाइ पाइसकेको अवस्थामा उनले दरबन्दीमा बसेर काम गर्न पाउनुपर्ने बताए ।

एक वर्षसम्म पनि दरबन्दी नभएको अवस्थामा लोकसेवा आयोगको परामर्शमा अघि बढ्न सकिने निजामती ऐनमा व्यवस्था भएबमोजिम सो विषयलाई लोकसेवामा पठाउने निर्णय भएको उनले बताए । लोकसेवाको रायअनुसार अघि बढिने पनि उनले बताए ।

तर उनको विषयलाई लोकसेवामा पठाउनै हुँदैन भनेर रोक्ने काम चाहिँ गलत हुने सिंहको दाबी छ ।
स्वयम सहसचिव शाहले चाहिँ आफूलाई सामान्य प्रशासन समुहमा जान मन चाहिँ नभएको बताए । उनले आफू नापतौलको मान्छेको भएको कारणले आफूलाई नापतौल विभागमै लैजानुपर्ने आफ्नो माग भएको उनले बताए ।
‘नापतौलमा लग्यो भने बरिष्ठको हिसावले म त्यहाँ डिजी बन्न पाउँछु, मलाई किन सामान्य समुहमा जानुपथ्र्यो,’ उनले भने, ‘विगतमा नापतौल विभागमै रहँदा लफडा भएकोले मलाई अन्यत्र लैजानको लागि मन्त्रीज्यूहरुलेनै चाहानुभएको हो ।’

उनले अहिलेको अवस्थामा सामान्य समुहमा लैजाँदा आफूलाई ठिकै हुने बताए । तर उनले आफू विवादास्पद मान्छे रहेको भन्ने आरोपको चाहिँ खण्डन गरे । ‘यसमा मलाई केही पनि भन्नु छैन,’ उनले भने, ‘मलाई अदालतले सफाई दिइसकेको छ, त्यसैले यो विषयमा बोल्नुनै पर्दैन ।’ अदालतले सफाई दिएपछि सबै विषय समाप्त भएको उनले बताए ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x