०४ असार २०८३, बिहीबार

धरानमा कोरोनाबाट थप २ को मृत्यु

धरानमा कोरोनाबाट थप २ को मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकमा ४७ र ५२ वर्षीय पुरुष  रहेका छन् ।
मृत्यु हुने ४६ वर्षीय पुरुषमा सुनसरीको धरान ८ का रहेका छन्। पहिलेदेखि दीर्घ रोगी रहेका उनमा साउन २० मा कोरोना पुष्टि भएको हो भने आज दिउँसो मृत्यु भएको हो ।

अर्का मृतकमा झापाको दमकका रहेका छन् । उनमा १८ गते कोरोना पुष्टि भएकोमा उपचारका क्रममा आजै मृत्यु भएको हो । उनी पनि दीर्घ रोगी भएको अस्पतालले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्