१४ असार २०८३, आइतबार

भारतका वरिष्ठ न्यायाधीश कर्णनलाई ६ महिनाको जेल सजाय

कात्तिक २०, २०७४
भारतका वरिष्ठ न्यायाधीश कर्णनलाई ६ महिनाको जेल सजाय

काठमाडौं, २६ वैशाख — भारतको सर्वोच्च अदालतले एक वरिष्ठ न्यायाधीशलाई अवहेलनाका लागि दोषी ठह–याउँदै ६ महिनाको कारागार सजाय सुनाएको छ ।


कलकत्ता उच्च अदालतका न्यायाधीश चिन्नास्वामी स्वामीनाथन कर्णनलाई सहकर्मी न्यायाधीशहरूको विरुद्ध पत्र लेख्ने र दोष लगाउने काम गरेको अदालतले पायो ।

भारतको न्यायिक इतिहासमा उच्च अदालतका न्यायाधीशलाई अवहेलनाका लागि कारागार पठाइएको यो पहिलो अवसर हो ।

विगत केही महिनायता न्यायाधीश कर्णन सर्वोच्च अदालतका न्यायाधीशहरूसँग भिडेका थिए ।

गत फेब्रुअरी महिनामा उनको न्यायिक अधिकारबाट वञ्चित गरिएको थियो ।

कर्णनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिट्ठी लेखेर २० जना ‘भ्रष्ट न्यायाधीश’ तथा वरिष्ठ कानून अधिकृतहरूको नाम किटेका थिए ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्