०५ साउन २०८३, मंगलबार

ठगीका बादशाह पसल रोकायालाई कोरोना संक्रमण

ठगीका बादशाह पसल रोकायालाई कोरोना संक्रमण

ठगीका बादशाह पसल रोकायालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण भएपछि आइसोलेसनका लागि अस्पताल गरेको महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बताए ।

‘अभियुक्त पसल रोकायालाई कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना गरेका छौं,’ एसएसपी ज्ञवालीले लोकान्तरसँग भने ।

महानगरीय प्रहरी परिसर काठमाडौंले शुक्रवार (असोज १९ गते) साविक पाण्डवगुफा गाविस हाल कनकासुन्दरी गाउँपालिका– ७ रोकाया बडागाउँका स्थायी बासिन्दा पसल रोकायाले सयौं मानिसलाई सामाजिक सञ्जाल फेसबूक, कर्णाली आवाज डट्कम र युट्युब च्यानल कर्णाली एचडीमार्फत् अफवाहपूर्ण भिडियो प्रशारण गर्ने पैसा माग्ने गर्दै आएको भन्दै सार्वजनिक गरेको थियो ।

रोकायाले विभिन्न व्यक्तिको नाममा फेसबूक पेज खोल्ने र त्यसबाट आफ्नो वास्तविक फेसबूकको च्याटबाट आफैंले दुवैतर्फ कुराकानी गर्ने र उनीहरू बीचमा भएको कुराकानी भन्दै कर्णाली आवाज डट्कम र कर्णाली एचडीमार्फत् अफवाह फैलाउने गर्दै आएको प्रहरीले बताएका थियो । 

विषेश गरेर सीटीईभीटीमार्फत नर्सिङ पढ्ने र १/२ वटा विषय फेल भएका व्यक्तिलाई पास गराइदिन्छु भन्दै पैसा असुल्ने गरेको र पैसा लिइसकेपछि त्यो व्यक्तिलाई दुव्र्यवहार तथा ब्ल्याकमेल गर्ने, फेक एकाउन्ट बनाएर अश्लील फोटोहरू अपलोड गर्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो ।

काठमाडौंको मोर्गन कलेजबाट विज्ञान संकायमा १२ कक्षा र भारतको बैंग्लोर विश्वविद्यायलबाट ब्याच्लर इन साइन्स एण्ड इन्फरमेसन टेक्नोलोजी (बीएसआईटी) गरेका अभियुक्तले खिरिस निर्माण सेवा र संविधान निर्माण सेवा आफ्नो नाममा दर्ता गरेको र ठेक्कापट्टा पनि गर्ने गरेको, शुभलक्ष्मी अस्पतालको अध्यक्ष रहेको बताउने गरेको, संविधान कलेज हालसालै दर्ता गरेको (जसमा नर्सिङ, हेल्थ असिस्टेन्ट, फार्मेसी लगायतको पढाइ गराउने भनिएको) खुलेको परिसरले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्