काठमाडौं, २६ बैशाख — चलचित्र ‘प्रेमगीत २’ को नयाँ गीती भिडियो सार्वजनिक भएको छ । साउन १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको भिडियोमा नायिका स्वस्तिमा खड्का र प्रदीप खड्का फिचरिङमा छन् ।

मोटरसाइकलमा... बोलको गीतमा बाँझो खेतमा गीतलाई पनि रिमिक्स गरिएको छ । पश्चिमी शैलीको समेत प्रभाव देखिने गीतको भिडियो कलात्मक लाग्छ ।
गीतमा इन्दिरा जोशी र प्रताप दासले स्वर दिएका छन् । रेनाशा वान्तवा राईले उक्त भिडियोको कोरियोग्राफी गरेकी हुन् ।
प्रदीप खड्का अश्लेषा ठकुरी, भुवन चन्द, कविता रेग्मी लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रलाई आशुसेन फिल्मस् प्रोडक्सनको व्यानरमा सन्तोष सेनले निर्माण गरेका हुन् । चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका हुन् ।