
नेपाली लेग स्पिनर सन्दीप लामिछाने लंका प्रिमियर लिग (एलपीएल) क्रिकेटको छनोट प्रक्रिया (ड्राफ्ट) मा परेका छन् ।
ड्राफ्टमा पर्नुभएका सन्दीप रहेको श्रेणीका खेलाडीले न्युनतम ५० हजारदेखि ६० हजार अमेरिकी डलर पारिश्रमिक पाउने छन् ।
सन्दीप हाल इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने क्रममा युनाइटेड अरब इमिरेट्स (युएई) मा छन् ।
यसैगरी अर्का नेपाली खेलाडी सुनाम गौतम पनि एलपीएलको ड्राफ्टमा परेका छन् । सुनाम हाल अष्ट्रेलियामा छन् ।
गौतम रहेको श्रेणीका खेलाडीले १५ हजारदेखि २५ हजार अमेरिकी डलरसम्म पारिश्रमिक पाउने छन् ।
आज हुने अक्सनबाट सन्दीप र सुनामको छनोटबारे टुंगो लाग्ने नेपाली राष्ट्रिय टोलीका प्रविधि विश्लेषक रमन शिवाकोटीले जानकारी दिए ।
लंका लिग नोभेम्बर २१ तारिखदेखि शुरू हुनेछ ।
श्रीलंका क्रिकेट बोर्डले पहिलोपटक लंका प्रिमियर लिग आयोजना गर्दैछ । उक्त लिगमा २८ विदेशी खेलाडीले स्थान पाउनेछन् ।