भारतको नयाँदिल्लीमा कोरोना थप भयावह हुने आँकलन गरिएको छ । चाडपर्वकोे समय प्रतिदिन १५ हजार संक्रमित देखिनसक्ने नेशनल कन्ट्रोल फर डिजिज कन्ट्रोल (एनसिडिसी) ले सार्वजनिक गरेको नयाँ रिपोर्टम भनिएको छ ।
रिपोर्टमा तीन मुख्य कुरा उल्लेख छ, जसले दिल्लीको स्वास्थ सेवाहरुमा दबाब बढाउन सक्छ भने जाडोमा स्वासप्रश्वास सँग सम्बन्धित रोगले धेरै च्याप्छ । यसैगरी दिल्लीमा बाहिरबाट आउने संक्रमितको संख्या ठूलो हुनसक्छ । यस्तै बाहिरबाट आएका ती संक्रमितको अवस्था धेरै गम्भिर हुनेछ, जसकारण दिल्लीवासीहरु पनि मुस्किलमा पर्नेछन् ।
यस रिपोर्टलाई एनसिडिसीका नीति आयोगका सदस्य डाक्टर विके पलको अगुवाईमा रहेको समूह मार्गदर्शनले तयार गरेको हो । रिपोर्टअनुसार २० प्रतिशत संक्रमितहरुलाई अस्पताल भर्ती गर्नका लागि दिल्ली सरकार तयार अवस्थामा बस्नुपर्छ ।
त्यस्तै, एनसिडिसीले राजधानी दिल्लीमा कोरोनाका बिरामीहरुको मृत्युदर १ दशमलव ९ प्रतिशत रहेको जनाएको हो ।