०२ असार २०८३, मंगलबार

दाँत किराले खाएर हैरान हुनुहुन्छ भने अपनाउनुस् यी उपाय...

असोज २७, २०७७
दाँत किराले खाएर हैरान हुनुहुन्छ भने अपनाउनुस् यी उपाय...

पाचन प्रक्रियामा दाँतको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । खानालाई चपाउन दाँतको सबैभन्दा महत्त्पूर्ण कार्य हुन्छ । दाँतले व्यक्तिको सुन्दरतालाई पनि प्रभावित पार्ने गर्छ । तर दाँतको राम्रोसँग हेरचाह र ख्याल गरिएन भने समस्या उत्पन्न हुन्छ । किराले दाँतमा आक्रमण गर्दा त्यसको पीडा निकै हुने गर्छ । 

दाँतलाई जोगाउनका लागि नियमित ब्रस र खाना खाएपछि कुल्ला आदि कुरा गर्नु आवश्यक हुन्छ । 

यसबाहेक दाँत किराले खानबाट जोगाउन तथा बलियो बनाउन निम्न कार्य गर्न सकिने चिकित्सकहरू बताउँछन् । 

कुनै पनि चिज खाएपछि मुख कुल्ला गर्न नबिर्सने

दाँत सही तरिकाले माझ्ने

दाँत माझ्दा नरम बुसको प्रयोग गर्ने

सूर्तिजन्य पदार्थ नखाने

खाना खाएपछि अनिवार्य रूपमा बिहान–बेलुकी दुईपटक दाँत माझ्ने

फ्लोराइडयुक्त मञ्जनले दाँत माझ्ने

चकलेट, कोकाकोला जस्ता चिज खाएपछि अनिवार्य मुख कुल्ला गर्ने अथवा दाँत माझ्ने

गर्भवतीले क्याल्सियमयुक्त खाना खाने

salt training

कमेन्ट गर्नुहोस्