०२ साउन २०८३, शनिबार

शाहरुख, सलमान, आमिर खानसहित बलिउडकर्मीहरु पुगे अदालत, को–को परे निशानामा ?

शाहरुख, सलमान, आमिर खानसहित बलिउडकर्मीहरु पुगे अदालत, को–को परे निशानामा ?

बलिउडकर्मीहरुले मिडियाले गैरजिम्मेवार र अपमानजनक रिपोर्टिङ गरेको आरोप लगाएका छन् । शाहरुख खान, सलमान खान, आमिर खान, अजय देवगणलगायत स्टार फिल्म कर्मी संलग्न भएको ३४ फिल्म प्रोडक्सन हाउसका सञ्चालक र ४ फिल्म एसोसिएसन समेत अदालत पुगेका हुन् । उनीहरुले केही टिभी च्यानल र सोसँग आवद्ध पत्रकारविरुद्ध दिल्ली उच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।

दैनिक भास्करका अनुसार मुद्दामा च्यानल रिपब्लिक टिभी, त्यसमा आवद्ध अर्नब गोस्वामी, प्रदीप मण्डारी, च्यानल टाइम्स नाउ तथा त्यसमा आवद्ध राहुल शिवशंकर र नविका कुमारमाथि कारबाहीको माग गरिएको छ । उनीहरुविरुद्ध बलिउड हस्तीको विरोधमा गैरजिम्मेवार र अपमानजनक रिपोर्टिङ गर्न रोक लगाउन माग गरिएको छ ।

सुशान्त सिंह राजपूतको मृत्युपछि बलिउड फिल्म उद्योग र उनीसँग निकट सम्बन्ध भएका स्टारहरुलाई जोडेर रिपोर्टिङ भएका थिए ।
दायर भएको मुद्धामा ती टिभी च्यानहरुले प्रयोग गरेका आपत्तिजनक फुटेजहरु तत्काल हटाउन समेत माग भएको छ।  

salt training

कमेन्ट गर्नुहोस्