०३ साउन २०८३, आइतबार

बालुवाटार बैठकमा कसले के भने ?

कात्तिक २०, २०७४
बालुवाटार बैठकमा कसले के भने ?
काठमाडौँ, २७ बैशाख- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबको संसद् बैठकबाट संविधान संशोधन विधेयक पारित गराउने तयारी भएको बताएका छन् । मंगलबार बसेको प्रमुख तीन दल र संघीय गठबन्धनको संयुक्त बैठकमा प्रचण्डले प्रमुख प्रतिपक्षीसँग पनि संवाद गरेर ४ जेठको संसद् बैठकबाट संशोधन विधेयक पारित गराउने प्रयासमा रहेको बताएका हुन् , नयाँ पत्रिकामा खबर छ ।Baluatar Meeting
 बैठकमा कसले के भने ?

प्रधानमन्त्री प्रचण्ड

-संविधान संशोधनका लागि प्रयास गरिरहेकै छु । १७ वैशाखमै संसद्बाट संविधान संशोधन विधेयक पारित गराउने गरी सरकारले तयारी गरेको थियो । एमालेविना पनि संशोधन पारित गराउन ४ सय १ को संख्या पुगेको थियो । तर, राप्रपाका १०–१२ जना सांसद त्यो दिनको संसद् बैठकमा अनुपस्थित रहने कुरा आएपछि त्यो दिन संशोधन प्रस्ताव संसद्मा नलगेको हो ।

– मैले प्रधानमन्त्रीका रूपमा मोर्चाको माग सम्बोधन गर्न गर्नुपर्ने आवश्यक प्रयास गरेकै हो । हिजो तपाईंहरूका मागकै आधारमा सहिद घोषणा पनि गरेकै छु । मुद्दा फिर्ताको कुरा पनि हुँदै थिए । केही दिनभित्रै हुन्थ्यो पनि । संशोधन मात्र नभइरहेको हो । त्यो पनि प्रयासमै छु ।

– यति किलो मासु काटेर दिनुपर्यो भन्ने, तर रगतचाहिँ एक थोपा पनि बगाउन पाइँदैन भन्ने भएपछि मेरो अवस्था भेनिसको व्यापारीजस्तै हुन पुगेको छ । यसलाई यहाँ मोर्चा र प्रतिपक्ष दुवै पक्ष पनि हुनुुहुन्छ । मेरो अवस्थालाई बुझिदिनुहोला । समस्याको समाधानका लागि सबै उदार र लचक बनौँ ।

– अब ४ गतेको बैठकमा संशोधन गराउने गरी पहलकदमी लिइरहेको छु । प्रतिपक्षमा रहनुभएका एमालेका साथीहरू पनि यहीँ हुनुहुन्छ । अब प्रतिपक्षीसँग पनि राम्ररी कुरा गर्ने र ४ जेठको संसद्को बैठकबाट पारित गराउन कोसिस गर्ने प्रयास गर्नेछु ।

एमाले उपनेता सुवास नेम्वाङ
एमाले समस्या समाधान गर्न सधैँ लचिलो छ । एमाले पनि संविधान संशोधनको बाधक होइन, मात्र यसको औचित्यता पुष्टि हुनुपर्छ भन्ने हो । पहिलो निर्वाचन गरौँ, त्यसपछि संशोधनका लागि अगाडि बढौँला ।

राजपा नेता महन्थ ठाकुर
एमालेका कुरा मीठामीठा आए । भोकालाई कुराले मात्रै हुँदैन, खाना चाहिन्छ । त्यसैले पहिले संशोधन अनि मात्र निर्वाचन हुनुपर्छ । संविधान सर्वस्वीकार्य बनाउने कुरा प्रधानमन्त्री र सत्तागठबन्धन दलका नेताहरूले बोलेकै १० महिना भइसक्यो, तर अहिलेसम्म गफमै भुलाउन खोजियो ।

salt training

कमेन्ट गर्नुहोस्