३२ असार २०८३, बिहीबार

महामारीमा आइएमईको कल्याणकारी कदम, स्थापना गर्‍यो ‘भरोसा कोश’

महामारीमा आइएमईको कल्याणकारी कदम, स्थापना गर्‍यो ‘भरोसा कोश’

कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएकाका आफन्तजनलाई यथाशक्य सहयोग गर्ने एक मात्र उद्देश्यका साथ आइएमईले ‘भरोसा कोश’ को स्थापना गरेको छ । 

कोशमा सन् २०२० को जनवरी १ देखि अक्टोबर १६ (२०७६ साल पुस १६ देखि २०७७ साल असोज ३०) सम्म कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने ईच्छुक आफन्तहरूले आवश्यक विवरण सहित पानीपोखरी, काठमाडौंमा अवस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयहरूका साथै सवै प्रदेशमा अवस्थित प्रादेशिक कार्यालयहरूमा मिति २०७७ साल कार्तिक मसान्तसम्म आवेदन दिन सकिनेछ । 

यसरी रितपूर्वक प्राप्त हुन आएका आवेदन उपर छलफल गरी आर्थिक सहायता उपलब्ध गराइनेछ । यस सम्बन्धि अन्तिम निर्णय गर्ने अधिकार कम्पनीमा निहित हुनेछ । आइएमई व्यवस्थापनले आफ्ना आधिकारिक वेभ–साइटहरू मार्फत आज एक आह्वान पत्र जारी गर्दै उक्त कुरा बताएको हो ।

salt training

कमेन्ट गर्नुहोस्