०३ साउन २०८३, आइतबार

एनआइसी एशिया बैंकको कार्डमार्फत अनलाइन भुक्तानी गर्दा २५ प्रतिशतसम्म नगद फिर्ता

एनआइसी एशिया बैंकको कार्डमार्फत अनलाइन भुक्तानी गर्दा २५ प्रतिशतसम्म नगद फिर्ता

एनआइसी एशिया बैंकले वडादशैं, शुभ दिपावली, नेपाल संवत् एवं छठपर्वलाई लक्षित गर्दै अनलाइन सामान खरिद गर्ने ग्राहकहरूका लागि आकर्षक नगद फिर्ताको योजना सार्वजनिक गरेको छ । 

उक्त आकर्षक योजनाअन्तर्गत सस्तो डिल, ग्यापु मार्केटप्लेस, ठूलो पसल, इनफिस्टोर, ओकेदाम र कालमार्टजस्ता ई–कमर्शबाट बैंकका ग्राहकले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्दा अधिकतम २५ प्रतिशतसम्म नगद फिर्ता प्राप्त गर्न सकिनेछ ।

नेपालमा अनलाइन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच चाडपर्वका बेला अझ बृद्धि हुने प्रक्षेपणअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहक महानुभावहरूलाई प्रोत्साहन गर्नका निमित्त उक्त ई–कमर्श कम्पनीहरूबाट जुनसुकै सामग्रीहरू खरिद गर्दा आकर्षक नगद फिर्ताको व्यवस्था गरेको हो । 

पछिल्लोपटक डिजिटल कारोबारमा ग्राहक महानुभावहरूको बाक्लो उपस्थितीलाई मध्यनजर गर्दै यस बैंकले सस्तोडिल र ग्यापु मार्केटप्लेसमा २० प्रतिशत वा रू.२००० सम्म, कालमार्टमा २५ प्रतिशत वा रू.१५०० सम्म तथा ठूलोपसल, इन्फिस्टोर र ओकेदाममा १५ प्रतिशत वा रू.१००० सम्म नगद फिर्ता हुने व्यवस्था गरेको छ । 

यस बैंकमा आबद्ध ग्राहकहरूले २७ असोज देखि १ कार्तिक २०७७ सम्म ई–कमर्शहरूबाट किनमेल गर्दा डिजिटल भुक्तानी गरी उक्त नगद फिर्ता प्राप्त गर्न सक्नेछन्  । 

चाडपर्वको अत्यावश्यक किनमेललाई सहज एवं सुलभ बनाउनका निमित्त बैंकले उक्त ई–कमर्शहरूसँग समझदारी गरी आकर्षक नगद फिर्ताको व्यवस्था गरेको हुँदा ग्राहक महानुभावहरूले सो अवसरको फाइदा लिनुहुने बैंकले विश्वास लिएको छ । साथै यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइटमा रहेको ष्क्भचखभ मार्फत समयमै आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउनुहुन हार्दिक अनुरोध गर्दछ ।

बैंकले कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे साइबरसोर्समार्फत जुनसुकै राष्ट्रिय तथा अन्तर्राट्रिय बैंकद्वारा जारी गरिएको कार्डहरूमार्फत अनलाइन रुपमा भुक्तानी प्राप्त गर्न सकिने सुविधा ल्याएको हुँदा इच्छुक मर्चेन्टहरूले आफ्नो व्यवसायमा यस बैंकको साइबरसोर्स अनलाइन भुक्तानी प्रणाली जोडी ग्राहक महानुभावहरूको भुक्तानी रकम सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् । बैंकले ल्याएको यस नवीनतम सेवाले भविष्यमा विभिन्न ई–कमर्शहरूसँग विभिन्न नगद फिर्ताको योजनामा सहकार्य गर्दै ग्राहक महानुभावहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्ने यस बैंकले लक्ष्य लिएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्