२३ असार २०८३, मंगलबार

नेपालमा आयो जावा मोटरसाइकल, कति पर्छ मूल्य ?

नेपालमा आयो जावा मोटरसाइकल, कति पर्छ मूल्य ?

क्लासिक लिजेन्ड्सले नेपालमा जावा मोटरसाइकल प्रवेश गराएको छ । महिन्द्रा टु व्हीलर्स एन्ड जेनेरेटर्सको आधिकारिक विक्रेता अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिसँगको सहकार्यमा डिलरशीपका बिक्री कक्षहरूको उद्घाटनको घोषणा गरिएको छ । अग्नि मोटोइंकको आधिकारिक फेसबुक पेजबाट गरिएको प्रत्यक्ष प्रशारणमार्फत अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले जावा मोटरसाइकलहरुकौ अनावरण गरे ।

जावा सिगंल च्यानल एबीएस मोडलको मूल्य रु ६,४८,५०० तथा यसको अर्को भेरिएन्ट जावा डुअल च्यानल एबीएसको मूल्य रु ६,७६,५०० तोकिएको छ । जहाँ मोडल जावा फोर्टी र्टु भरियन्टमा आएका छन्, जावा–फोर्टीटु सिंगल च्यानल  एबीएस र जावा–फोर्टीटु डुअल च्यानल एबीसीएसको मूल्य क्रमसः  रु ६,२०,००० र रु. ६,४८,००० रहेको छ । नेपालमा जावा ब्ल्याक, मरुन र ग्रे गरी तीन रंगका भेरिएन्टमा उपलब्ध हुने बताइएको छ । यसैगरी जावा फोर्टी टु ल्युमस लाइम, ह्पालिज् टिल, गलार्टिक ग्रिन, स्टारलाइट ब्लु, कमेड रेड र नेबुला ब्लु गरी ६ रंगका भेरिएन्टमा उपलब्ध हुनेछ  इच्छुक क्रेताहरूले मोटो इंकका नजिकका आधिकारिक शौरुममाबाट सो मोटरसाइकल खरिद गर्न सक्नेछन् ।  

अग्नि ग्रुपका प्रबन्ध निर्देशक श्रेष्ठले भर्चुअल समारोहमा भने,  “हामी आज यस्तो दिनमा छौं, जुन दिनका लागि नेपालका मोटर साइकल चालक (राइडिङ समूह), जावाप्रेमीहरू लामो समयदेखि प्रतीक्षारत थिए, उहाँहरु माझ यी क्लासिक मोटरसाइकल ल्याउन पाउँदा  हामी उत्साहित भइरहेका छौं । यो यात्राका लागि एक्लो विचार होइन, जावा एउटा साथीका रूपमा पनि आएको छ । सबैभन्दा अलग कुरा के हो भने जब तपाईंले जावामा हात उठाउनु हुन्छ, त्यसबेला तपाईं इतिहासको एउटा खण्डमा आफ्नो हात राख्दै हुनुहुन्छ । यस मोटरसाइकलले मोटर रेसहरूमा प्रभुत्व जमाएको छ, विश्वभरि थुप्रंै पदकहरू जित्यो, मानिसहरूको मन जित्यो  र जावालाई आइकनिक बनाउने कुरालाई पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको यसको डिजाईन र प्रदर्शन हो ।’

उनले  क्लासिक लिजेन्ड्ससँग साझेदारी गरेर नेपालमा यो लिजेन्ड्सलाई नेपालमा ल्याउन पाएकोमा खुसी व्यक्त गरे ।  

जावा मोटरसाइकलहरु काठमाडौंको उत्तरढोका र  टेकुस्थित पूर्णतः नयाँ जावा शोरुमहरूसहित नेपालका प्रमुख सहरहरूमा उपलब्ध हुने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्