११ साउन २०८३, सोमबार

अभिभावकलाई भोट हाल्न सिकाउन विद्यालयमा नमूना मतदान

कात्तिक २०, २०७४
अभिभावकलाई भोट हाल्न सिकाउन विद्यालयमा नमूना मतदान

म्याग्दी, २७ वैशाख– नजिकिँदै गरेको स्थानीय तह निर्वाचनको झल्को दिनेगरी म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीमा नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय तहको निर्वाचनमा आफ्ना अभिभावकलाई मतदान गर्न सिकाउने, स्कुल क्याप्टेन र जुनियर रेडक्रस सर्कलका पदाधिकारी छनोट गर्ने उद्देश्यले निर्वाचनका सम्पूर्ण प्रक्रियासहित मतदान कार्यक्रम आयोजना गरिएको हो ।

विद्यार्थीलाई मतदान प्रक्रियाका बारेमा जानकारी दिने, आफ्नो भोटको महत्व बुझाउने र आफूले चाहेको प्रतिनिधिलाई छनोट गर्न सिकाउने उद्देश्यले मतदान प्रक्रियाबाट नै स्कुल क्याप्टेन र जुनियर रेडक्रसका प्रतिनिधि चयन गर्न लागिएको प्रिन्सिपल राजेन्द्रप्रसाद सेढाईंले बताए ।

कक्षा १ देखि १० सम्मका ४३६ जना विद्यार्थीले निर्वाचनमा भाग लिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्