०१ असार २०८३, सोमबार

ट्रम्पले एफबीआईका निर्देशकलाई निष्काशन गरे

कात्तिक २०, २०७४
ट्रम्पले एफबीआईका निर्देशकलाई निष्काशन गरे

काठमाडौं, २७ वैशाख — राष्ट्रपति डोनाल्ड ट्रम्पले एफबीआईका निर्देशक जेम्स कोमेलाई हिलारी क्लिन्टनको इमेलसम्बन्धी अनुसन्धान राम्ररी नगरेको भन्दै निष्काशन गरेको ट्रम्प प्रशासनले जनाएको छ ।


कोमेको पदावधि अन्त्य गरिएको तथा उनलाई हटाइएको घोषणा ह्वाइट हाउसले गरेपछि वाशिङटन स्तब्ध भएको थियो ।

विपक्षी डेमोक्रेटहरूले भने एफबीआईले ट्रम्पको निर्वाचन अभियान र रुसका बीचको सम्पर्कका बारेमा अनुसन्धान गरेकाले उनलाई हटाइएको बताएका छन् ।

कोमेले गत साता कंग्रेसलाई क्लिन्टनको इमेलका सम्बन्धमा गलत सूचना दिएको पाइएपछि यो कदम चालिएको हो ।

राष्ट्रपति ट्रम्पले कोमेलाई एक पत्र लेख्दै महान्यायाधिवक्ता जेफ सेसन्सको सिफारिशसँग सहमति राख्दै ‘तपाईं ब्युरो चलाउन सक्षम हुनुहुन्न’ भनेका थिए ।

सेसन्सले डिपार्टमेन्ट अफ जस्टिस उच्च स्तरको अनुशासन, गरिमा र विधिको शासनप्रति प्रतिबद्ध रहेको र ताजा शुरुवात जरूरी रहेको बताए ।

कोमेको उत्तराधिकारीको खोज तत्काल शुरु हुने ह्वाइट हाउसले बतायो ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्