०७ असार २०८३, आइतबार

हात्तीमा बसेर योग गर्दा लडे बाबा रामदेव (भिडियो)

असोज २८, २०७७
हात्तीमा बसेर योग गर्दा लडे बाबा रामदेव (भिडियो)

भारतका योगगुरु बाबा रामदेवले हात्तीमा बसेर योगासन गर्ने क्रममा लडेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

घटना सोमवार मथुराको रमणरेतीमा रहेको गुरु शरणनको आश्रममा भएको हो । हात्तीमा चढेर रामदेवले साधुहरूलाई योग सिकाइरहेका थिए । 

२२ सेकेन्डको भाइरल भिडियोमा योगासनमा रहेका बाबा रामदेव हात्ती चलेपछि सन्तुलन बिग्रेर लडेको देखिन्छ । 

भुइँमा लड्नेबित्तिकै उठेर बाबा रामदेव हाँस्न थाल्छन् । 
 

रामदेव योग र योगासन तथा स्वस्थ जीवनका विधिहरू सिकाउन विश्वप्रसिद्ध छन् । योगमा शारीरिक अभ्यास, मानसिक ध्यान र प्राणायाम सिकाइन्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्