१३ असार २०८३, शनिबार

आईएससँग लड्नका लागि ट्रम्पले कुर्दिशहरूलाई हतियार दिन स्वीकृति दिए

कात्तिक २०, २०७४
आईएससँग लड्नका लागि ट्रम्पले कुर्दिशहरूलाई हतियार दिन स्वीकृति दिए

काठमाडौं, २७ वैशाख — सिरियामा आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) विरुद्ध लड्नका लागि कुर्दिश शक्तिहरूलाई हतियार दिने प्रस्तावमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकृति दिएका छन् ।


सिरियन डेमोक्रेटिक फोर्सेसका कुर्दिश शाखालाई रक्काबाट आईएस भगाउनका लागि हतियार दिइने भएको एक प्रवक्ताले बताइन् ।

यो कदमले टर्कीको चिन्ता बढेको सम्बन्धमा अमेरिका सचेत रहेको उनले बताइन् ।

टर्कीले कुर्दिश विद्रोहीहरूलाई आतंकवादी देख्छ र उनीहरूले सिरियामा थप भूमि जित्नबाट रोक्न चाहन्छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले रक्षामन्त्री जिम म्याट्टिसले टर्कीका रक्षामन्त्री फिक्री इसिकसँग फोनवार्ता गरेको बताएपनि वार्ताको विस्तृत विवरण खुलाएन । टर्कीका अधिकारीहरूले यससम्बन्धमा सार्वजनिक प्रतिक्रिया दिएका छैनन् ।

कुर्दिश र अरब मिलिसियाहरू सम्मिलित एसडीएफहरूलाई अमेरिकी सुरक्षाबलले सहायता दिइरहेका छन् र अमेरिकी नेतृत्वको गठबन्धनले हवाई आक्रमण गरिरहेको छ ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्