१२ असार २०८३, शुक्रबार

सांसदले एमालेलाई भोट दिनेले मात्रै जलविद्युतको सेयर पाउने भाषण गरेपछि सर्वसाधारणको ज्यान गयो

कात्तिक २०, २०७४
सांसदले एमालेलाई भोट दिनेले मात्रै जलविद्युतको सेयर पाउने भाषण गरेपछि सर्वसाधारणको ज्यान गयो
दोलखा, २७ वैशाख — दोलखाका एमाले सांसद पार्वत गुरुङको उश्रृङ्खल भाषणका कारण एक जना सर्वसाधारणको ज्यान गएको छ । दोलखा क्षेत्र नमबर एकका सांसद गुरुङले मंगलवार दोलखाको जुगु भन्ने ठाउँमा आयोजना गरिएको एमालेको चुनावी सभालाई सम्बोधन गर्ने बेला विवादास्पद कुरा गर्न थालेपछि विवाद सिर्जना भएको थियो ।

चुनावी सभामा विरोध हुँदा गौरीशंकर गाउँपालिकाका एमाले उम्मेदवार गोरे तामाङका छोरा ३३ वर्षका कुलबहादुर तामाङको ज्यान गएको हो । सांसदले भाषण गरेपछि चुनावी सभामा एमाले र माओबादी कार्यकर्ताबीच झडप भएको थियो ।

एमालेले चुनावी कार्यक्रम सकेर आफूहरु होटलमा बसिरहेको बेलामा आफूहरु माथि आक्रमण भएको बताएको छ । प्रहरीले यसबारे गम्भीर अनुसन्धान भइरहेको बताएको छ । तर यसको भित्री कुरा चाहिँ अर्कै रहेको नेताहरु बताउँछन् ।

दोलखाका माओबादी नेताहरुका अनुसार सांसद गुरुङले एमालेमा भोट हाल्नेले मात्रै दोलखामा बन्न लागेका जलविद्युत आयोजनाको सेयर पाउने बताएपछि विवाद सुरु भएको हो ।

दोलखामा सञ्चालनको तयारीमा रहेको साना जलविद्युत आयोजनाको शेयर एमालेलाई मत दिनेले मात्रै पाउने भाषण गरेपछि उत्पन्न तनाव वढ्दै जाँदा सर्वसाधारणको ज्यान गएको उनीहरु बताउँछन् । सांसद गुरुङ प्रवर्दक रहेको कम्पनीले स्थानियस्तरमा एक हाइड्रो सञ्चालनको तयारी गरेको छ ।

सोहि हाईड्रोपावरमा बाटो लैजान सांसद विकास कोषको करोडौ बजेट खर्चिएको तथा सरकारी विकास बजेट पनि हालिए पनि सांसद गुरुङले एमाले बाहेकलाई शेयर नदिने बताएपछि कार्यक्रमस्थलमै तनाव सिर्जना भएको दोलखाका एक माओबादी नेताले बताए । उनले यस्तो भाषण गरेपछि माओबादी सहित कांग्रेस, राप्रपा लगायतका दलले पनि विरोध जनाउका छन् ।

हामीले सांसद गुरुङकै मुखबाट प्रतिक्रिया लिन खोज्दा उनको टेलिफोन विहिवार विहानैदेखि व्यस्त रहेको छ । सोही कारणले सम्पर्क हुन सकेन । यद्यपी जिल्ला स्तरका एमाले नेताहरुले चाहिँ सांसदले त्यस्तो भाषण नगरेको दावी गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्