०१ असार २०८३, सोमबार

धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा बाँसघारीमा भेटियो युवकको शव

धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा बाँसघारीमा भेटियो युवकको शव
सांकेतिक तस्वीर

कनकाई नगरपालिका– ३ का २२ वर्षीय अभिषेक चौधरीको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । 

झापाको सुरुङ्गा खोलास्थित बाँसघारीमा उनको शव फेला परेको हो ।

उनको टाउको र अनुहारमा धारिलो हतियारले प्रहार गरेको चोट रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

घटनास्थलमा प्रहरी टोली खटाएर अनुसन्धान भइरहेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्