०७ असार २०८३, आइतबार

अमेरिका-इरान सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट

असार १, २०८३
काठमाडौं
अमेरिका-इरान सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट

अमेरिका र इरानबीच हर्मुज जलसन्धि पुनः सञ्चालन गर्ने सम्झौता भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएको छ।

एसियाली बजारमा सोमबार बिहान ब्रेन्ट क्रुडको मूल्य ३.८ प्रतिशतले घटेर प्रति ब्यारल ८४.०२ डलर कायम भएको छ। यस्तै, अमेरिकी कच्चा तेलको मूल्य ४.१ प्रतिशतले ओरालो लाग्दै प्रति ब्यारल ८१.४० डलर पुगेको छ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि यो रणनीतिक जलमार्ग बन्द भएको थियो। पाकिस्तानका अनुसार यस सम्झौतामा आगामी शुक्रबार स्विट्जरल्याण्डमा औपचारिक हस्ताक्षर हुनेछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सम्झौताको पुष्टि गरेका छन् । 

कमेन्ट गर्नुहोस्