०५ असार २०८३, शुक्रबार

कात्तिक ७ भित्र टिभीहरू क्लीन फीडमा नगए कारवाही

कात्तिक ७ भित्र टिभीहरू क्लीन फीडमा नगए कारवाही

सरकारले आगामी कात्तिक ७ गतेबाट क्लिन फीडमा नगए सेवा प्रदायकलाई कारवाही गर्ने चेतावनी दिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता सहसचिव गोकर्णमणि दुवाडीले बुधवार एक विज्ञप्ति जारी गरी कात्तिक ७ गतेभित्र विज्ञापनरहित (क्लिन फीड) प्रशारण नभएमा प्रचलित कानूनबमोजिम कारवाही हुने उल्लेख गरेका हुन् ।

२०७७ कात्तिक ७ गतेभित्र क्लिन फीडमा जानुपर्ने व्यवस्था ऐनमा नै गरिएको भन्दै विज्ञप्तिमा एक वर्षको तयारी अवधि समेत सकिएको उल्लेख छ ।

विदेशी च्यानलहरू प्रशारण गर्दा त्यहीँको विज्ञापन बज्ने गरेको छ । त्यसलाई विज्ञापनरहित प्रशारण गर्न कानूनमै व्यवस्था गरिसकिएको छ ।

हेर्नुहोस्, विज्ञप्ति :

salt training

कमेन्ट गर्नुहोस्