
सुपरमार्केट चेन आइसल्यान्डले आफ्नो ५०औं वर्षगाँठ मनाउनका लागि कुखुराको मासु अन्तरिक्षमा पठाएको छ । पहिलोपटक यसरी कुखुराको मासु अन्तरिक्षमा पुर्याइएको बताइएको छ । पृथ्वीभन्दा ३३ हजार ५२८ मिटरमाथि मासु पुर्याइएको हो ।
त्यति उचाइमा पुग्नका लागि दुई घन्टाभन्दा कम समय लागेको थियो । आइसल्यान्डको सर्वाधिक लोकप्रिय उत्पादनमध्ये एक कुखुराका मासु माइनस ६० डिग्री सेल्सियसमा यात्रा गर्दै अन्तरिक्ष पुगेको हो । उत्तरी वेल्सको डीसाइड नजिक कम्पनीको मुख्य कार्यालय रहेको ठाउँबाट मासु अन्तरिक्षमा पठाइएको हो ।
अन्तरिक्ष विज्ञहरूको एक समूहले वेदर बलूनमा हाइड्रोजन भरेर मासुलाई अन्तरिक्ष पठाएका थिए ।
त्यसमा भूपउग्रहले ट्य्राकिङ गर्ने सुविधा थियो भने भिडियो फूटेज खिच्नका लागि क्यामरा सपोर्ट सिस्टम पनि थियो ।
उचाइमा पुगेपछि मासु पृथ्वीतर्फ २०० माइल प्रतिघन्टाको गतिमा फर्कियो । यसलाई सुरक्षित अवतरण गराउनका लागि १९ हजार मिटरको उचाइमा प्यारासुट राखिएको थियो ।