२४ जेठ २०८३, आइतबार

भारत-चीन तनाव-युद्धका लागि तयार रहन सेनालाई सी चिनफिङको आदेश

असोज २९, २०७७
भारत-चीन तनाव-युद्धका लागि तयार रहन सेनालाई सी चिनफिङको आदेश

चीनका राष्ट्रपति सी चिनफिङले बुधवार चीनका सशस्त्र फौजहरूलाई सैन्य तालिम बलियो बनाउन र युद्धका लागि तयार रहन आदेश दिएका छन् । 

भारतसँग पूर्वी लद्दाखमा सैन्य गतिरोधको स्थिति रहेकोमा उनले यस्तो आदेश दिएका हुन् । 
 

सीले मंगलवार क्वाङदोङ प्रान्तमा रहेको एक सैन्य अड्डाको भ्रमणका अवसरमा युद्धको तयारीका लागि आफ्नो दिमाग केन्द्रित गर्न आह्वान गरेका हुन् । 

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार, चाझोउ शहरमा चिनियाँ जनमुक्ति सेनाको मरिन कोर्प्सको निरीक्षण भ्रमणका क्रममा सीले सैनिकहरूलाई उच्च सतर्कताको स्थितिमा रहन अनि बफादार, स्वच्छ तथा भरपर्दो बन्न आह्वान गरे ।

अहिले चीन विभिन्न मुलुकसँग विवादमा छ । त्यसैले सीको आदेशले भारत, जापान र अमेरिका कसलाई लक्षित गरेको हो भन्ने स्पष्ट छैन । 

यसअघि मंगलवार चीनको परराष्ट्र मन्त्रालयले लद्दाख केन्द्रशासित प्रदेश र अरुणाचल प्रदेशलाई बेइजिङले मान्यता नदिएको बताएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्