०१ साउन २०८३, शुक्रबार

पोखरा महानगरमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

पोखरा महानगरमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

 पोखरा महानगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । 

महानगरपालिकामा केही कार्यरत कर्मचारीहरूमा कोरोना संक्रमण देखिएको भन्दै महानगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको हो । 

बिहीवार एक सूचना निकाल्दै नगर प्रमुख मान बहादुर जिसीले यस्तो जानकारी दिएका हुन् । 

सूचना अनुसार महानगरका केही कर्मचारीमा काेेराेना संक्रमण देखिएको र अन्यकाे कन्ट्याक्ट् ट्रेसिङ गर्नुपर्ने भएकाेले अत्यावश्यक बाहेककम सेवा स्थगित गरिएकाे हाे। 

महानगरका वडा कार्यालय र विषयगत महाशाखाका कार्यालय भने खुला रहने छन्।
 


 

salt training

कमेन्ट गर्नुहोस्