२७ जेठ २०८३, बुधबार

काठमाडौंको नयाँबजारमा ग्यास सिलिन्डर विस्फोट, तीनजना गम्भीर घाइते

काठमाडौंको नयाँबजारमा ग्यास सिलिन्डर विस्फोट, तीनजना गम्भीर घाइते
सांकेतिक तस्वीर

काठमाडौंको नयाँ बजारमा बिहीवार ग्यास सिलिन्डर विस्फोट हुँदा तीनजना घाइते भएका छन् ।

नयाँबजार फलफूल बजार नजिकको घरमा विस्फोट हुँदा तीनजना गम्भीर घाइते भएको र घरमा ठूलो क्षति पुगेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) श्यामलाल ज्ञवालीले लोकान्तरलाई जानकारी दिए ।

घाइतेलाई उद्धार गरेर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

घटनामा भएको क्षतिको यकिन विवरण आइसकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्