
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सारिएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेल रक्षा मन्त्रालयबाट बिदा भएका छन् ।
पोखरेलको बिदाइका लागि रक्षा मन्त्रालयको प्रांगणमा कार्यक्रम गरियो । टेन्टमा कार्यक्रम गरी मन्त्री पोखरेललाई बिदाइ गरिएको हो ।
उपप्रम पोखरेललाई बुधवार मन्त्रिपरिषद् हेरफेरका क्रममा रक्षाबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सारिएको थियो ।
त्यसको भोलिपल्ट बिहीवार पोखरेल रक्षा मन्त्रालयबाट बिदा भएका हुन् ।