२२ जेठ २०८३, शुक्रबार

दशैंमा घर जानेले १४ दिन अनिवार्य क्वारेन्टीनमा बस्नुपर्ने, यस्ता छन् नियमहरू

दशैंमा घर जानेले १४ दिन अनिवार्य क्वारेन्टीनमा बस्नुपर्ने, यस्ता छन् नियमहरू

जिल्ला प्रशासन कार्यालय पर्वतले दशै‌ं मनाउन बाहिरी जिल्लाबाट घर फर्कनेहरूलाई १४ दिन अनिवार्य क्वारेन्टीनमा बस्न आग्रह गरेको छ । 

बिहीवार एक सूचना जारी गर्दै कार्यालयले कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै यस्तो निर्देशन गरिएको जनाएको छ ।

प्रशासनको बिहीवार बसेको बैठकको निर्णयअनुसार, क्वारेन्टीनमा बसे/नबसेको वडाध्यक्षले अनुगमन गर्नुपर्ने छ । 

यस्तै दशैं, तिहार लगायतको चाडपर्वका अवसरमा भोजभतेर गर्ने, जुवा तास खेल्ने जस्ता मानिसको भीड हुने काम नगर्न पनि सूचना जारी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्