०४ असार २०८३, बिहीबार

बाजेले आमासित, आमाले भाइहरुसित र बाउले छोरीसित यस्तो गरेपछि...

कात्तिक २०, २०७४
बाजेले आमासित, आमाले भाइहरुसित र बाउले छोरीसित यस्तो गरेपछि...

बाजेले आफ्नी आमासित, आमाले भाइहरुसित र बाउले आफूसित शारीरिक सम्बन्ध राख्ने गरेको भन्दै तीन छोरासित शारीरिक सम्बन्ध राख्दै आएका ७९ वर्षीय क्यानाडेली ज्याक्स लेसेजले अन्ततः १५ वर्षको जेल सजायँ पाएका छन् । 

क्युबेक निवासी लेसेजले जेठी छोरी लुसीसित ३२ वर्ष शारीरिक सम्बन्ध बनाएको र लुसीका तीन सन्तान उनकै भएको अदालतले प्रमाणित गरेको छ ।

हाल ५३ वर्षकी लुसीसँग ८ वर्षको हुँदै सम्बन्ध राखेको र ४० वर्षको होउन्जेलसम्म सो सम्बन्ध जारी राखेको लेसेजले स्वीकारे तर अन्य दुई छोरी नताली र च्यान्तल लिपेन्वर्गलाई भने छुँदै नछोएको दाबी गरे ।

आफ्नो खानदानका सबैजना हाडनाता परेकासँग शारीरिक सम्बन्ध कायम गर्ने भएकाले आफूले पनि त्यस्तै गरेको उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्