१० साउन २०८३, आइतबार

प्रम कार्यालय पुगेर ईश्वर पोखरेलले भने– 'यसअघि कुनै मन्त्रीले यो जिम्मेवारी पाएको थाहा छैन'

प्रम कार्यालय पुगेर ईश्वर पोखरेलले भने– 'यसअघि कुनै मन्त्रीले यो जिम्मेवारी पाएको थाहा छैन'

उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर कार्यभार सम्हालेका छन् ।

बिहीवार कार्यभार सम्हाल्ने क्रममा उपप्रम पोखरेलले आफूले नीतिगत र मूर्त कुरा र काम गर्ने बताए ।

'म अमूर्त कुरा गर्ने होइन, नीतिगत र मूर्त कुरा तथा काम गर्न चाहन्छु । यसअघि मेरो तहको मन्त्रीले यसरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने जिम्मेवारी पाएको मलाई थाहा छैन,' उनले भने, 'हेल्लो सरकार के गर्दैछ ? कर्मचारी ढल्किँदै आउने र जाने मात्र काम भएको छ, यस्ता धेरै कामहरू गर्नुपर्ने छ ।'

बुधवार मन्त्रिपरिषद् हेरफेरका क्रममा प्रधानमन्त्री ओलीले पोखरेललाई रक्षा मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेका थिए ।

बिहीवार नै रक्षा मन्त्रालयबाट बिदा भएर उपप्रम पोखरेल प्रधानमन्त्री कार्यालयमा जिम्मेवारी सम्हाल्न पुगेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्