३१ जेठ २०८३, आइतबार

कोभिड महामारीमा अग्रपंक्तिमा खटिनेको सम्मानमा बन्यो गीत

कोभिड महामारीमा अग्रपंक्तिमा खटिनेको सम्मानमा बन्यो गीत

युनाइटेट सिमेन्ट्सले कोभिड–१९ महामारीको कठीन घडीमा आफ्नो ज्यानको समेत माया नगरी अग्रपंक्तिमा खटिनेहरूको सम्मान स्वरुप एउटा म्युजिक भिडियो सार्वजनिक गरेको छ ।
म्यूजिक भिडियोको एक मात्र लक्ष्य कठीन घडीमा आफ्नो ज्यानको समेत माया नगरी अग्रपंक्तिमा खटिने साहसीहरुलाई धन्यवाद भन्नु र सम्मान स्वरुप सलाम गर्नु रहेको बताइएको छ ।

 अहिले कोभिड–१९ ले पुरा विश्व नै आक्रान्त पारेको अवस्थामा, यो गीतले अग्रस्थानमा काम गर्ने सम्पूर्णको मनोबल बढाउने धारणा यूनाइटेड  सिमेन्ट्सले  ब्यक्त गरेको छ ।
रामकृष्ण ढकाल, सुगम पोखरेल, प्रमोद खरेल, रजिना रिमाल, मेलिना राई, मोहित मुनाल र सन्तोष दंगालको सुमधूर स्वर, रचनाकार सन्तोष पौड्यालको कुशल लेखन, मोहित मुनालको संगीत संयोजन र कलाकार व्यवस्थापन र अन्य थुप्रैको अथाह मेहेनतले युनाइटेड सिमेन्ट्सले यो म्यूजिक भिडियो सबै सामक्ष ल्याउन सफल भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्