०९ साउन २०८३, शनिबार

भारत र अमेरिकामा कति छन् कोरोना संक्रमित ?

भारत र अमेरिकामा कति छन् कोरोना संक्रमित ?

विश्वभर फैलिएको कोरोनाभाइरस संक्रमितको कुल संख्या ३ करोड ८९ लाख नाघेको छ । संक्रमितमध्ये सबैभन्दा धेरै अमेरिकामा रहेका छन् । अमेरिकामा हालसम्म ८१ लाख ६८ हजारको हाराहारीमा संक्रमित रहेका छन् भने २ लाख २२ हजार १६२ को मृत्यु भइसकेको छ । यस्तै हालसम्म अमेरिकामा संक्रमण निको हुनेको संख्या ५२ लाख ९० हजारको हाराहारीमा रहेको छ ।

यसैगरी भारतमा कोरोना संक्रमितको संख्या ७३ लाख ४९ हजारको हाराहारीमा रहेको छ भने मृतकको संख्या १ लाख ११ हजार ७२६ पुगेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ । यसैगरी भारतमा संक्रमणमुक्त हुनेको संख्या ६४ लाख २४ हजार रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्