
काठमाडौं, २७ वैशाख — इरानका रक्षामन्त्रीले साउदी अरबलाई धम्की दिँदै आफूविरुद्ध कुनै कदम उठाए पवित्र नगर मक्का र मदिना तहसनहस बनाएदिने बताएका छन् ।

रक्षामन्त्री ब्रिगेडियर जनरल हुसैन देहकानले लेबनानको अलमनार टिभीलाई अन्तर्वार्ता दिँदै साउदी अरबका विध्वंसकारी नीतिको कडा आलोचना गरे ।
साउदी अरबको हालत एकदमै खराब भइसकेको र उसले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको चाकरी गर्दै इरानविरुद्ध आक्रमण गर्नका लागि भड्काउन थालेको आरोप लगाए ।
यसबाट निस्कने कुनै पनि परिणामको जवाफदेहिता साउदी अरबकै हुनुपर्ने बताए ।
आफूहरूले कहिल्यै कुनै देश कब्जा गर्ने उद्देश्य नराखेको उनले स्पष्ट पारे ।
देहकानले साउदी अरबले यमनमा चरम मानवअधिकार उल्लंघन गरेको र अमेरिकाले वास्ता नगरेको बताए ।
एजेन्सी