०९ साउन २०८३, शनिबार

ट्रम्पले म भन्दा जिसस क्राइस्ट प्रशिद्ध भन्दा समर्थक चिच्याए

असोज २९, २०७७
ट्रम्पले म भन्दा जिसस क्राइस्ट प्रशिद्ध भन्दा समर्थक चिच्याए

अमेरिकामा राष्ट्रपति निर्वाचन आउनै लाग्दा बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पले प्रचार तीव्र बनाएका छन् । 

बिहीवार नर्थ क्यारोलाइनामा सम्बोधन गर्ने क्रममा उनले आफ्नो लोकप्रियताका विषयमा बोले । आफू संसारको सबभन्दा प्रसिद्ध व्यक्ति नभएको उनको भनाइ छ । 

‘अस्ति कसैले मलाई भन्यो– तपाईं संसारको सबभन्दा प्रसिद्ध व्यक्ति हुनुहुन्छ । मेले भनें– म हैन । उसले सोध्यो– को बढी प्रसिद्ध छ त ? मैले भनें– जिसस क्राइस्ट,’ ट्रम्पले भने । उनले यसो भन्दा समर्थकहरू खुशी भई चिच्याए । 

‘अब मलाई मास्तिर हेर्न दिनुस् र म भन्छु म छेउछाउमा पनि छैन,’ आकाशतिर हेर्दै ट्रम्पले भने । 

ट्रम्पको टिप्पणी र सन् १९६६ मा जोन लेननको टिप्पणीलाई मानिसहरूले तुलना गरेका छन् । लेननले उनको सांगीतिक समूह बीटल्स जिसस क्राइस्ट भन्दा प्रसिद्ध भएको बताएका थिए । 
 

डेमोक्रेटहरूबाट क्रिस्चियन धर्मलाई जोगाएको भन्दै एक साताअघि ट्रम्पका छोरा एरिकले बुवाको प्रशंसा गरेका थिए । 

उहाँले दोस्रो संशोधनको रक्षा गर्नुभयो, उहाँले वास्तवमा क्रिस्चियानिटीको रक्षा गर्नुभयो । यस देशमा अर्को पक्षले धर्ममाथि कठोर प्रहार गरिरहेको छ । मैले डेमोक्रेटिक पार्टीको कुरा गरेको हो । उग्रवामपन्थीहरू नास्तिकको पार्टी बनेका छन् । अर्थात्, उनीहरू क्रिस्चियन धर्ममाथि आक्रमण गर्न चाहन्छन् । उनीहरू चर्च बन्द गराउन चाहन्छन् । उनीहरू रक्सी पसल खोलेको चाहिँ सही मान्छन् । तर देशभरिका चर्च बन्द गर्न चाहन्छन्,’ एरिकले रेडियो अन्तर्वार्तामा बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्