२८ जेठ २०८३, बिहीबार

प्रहरी हवलदार चार लाख घुससहित पक्राउ

असोज ३०, २०७७
प्रहरी हवलदार चार लाख घुससहित पक्राउ

इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी हवलदार शिवचन्द्र साहनी र उनकी पत्नी निर्मला केवट ४ लाख घुस सहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवल कार्यालयले शुक्रवार रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ७ खनाल मिठाई पसल नजिकैबाट उनीहरुलाई रंगे हात चार लाख रुपैयाँ घुस रकम सहित पक्राउ गरेको हो । 

अख्तियार कार्यालयका सूचना अधिकारी सुरेश भुसालले धरौटीमा छुटाइदिन सहयोग गरेबापत सेवाग्राहीबाट भनेर प्रहरीले घुस मागेको अनुसन्धानबाट खुलेको बताए । साहनी र उनकी पत्नी अहिले अख्यितारको नियन्त्रणमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्