नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी तथा गायिका स्मिता दाहालको सुमधुर आवाजमा नयाँ गीत मायाँले मलाई बोलायो सार्वजनिक भएको छ ।
राजन राज शिवाकोटीको शब्द तथा संगीतमा रहेको यस गीतमा गायिका दाहाल आफैंले अभिनय गरेकी छन् ।
अभिनयमा उनलाई सलोन बस्नेतले साथ दिएका छन् ।
यस गीतमा संगीत संयोजन दिक्षित पौडेलले गरेका छन् भने गीत मिक्सिङ श्याम स्वेत रसाइलीले गरेका छन् ।
गीतको भिडियोमा अन्य कलाकारहरूले पनि अभिनय गरेका छन् । जसमा अतिथि कलाकारका रुपमा सुमिन गुरुङ, प्रकाश घिमिरे र गौतम धिमाल रहेका छन् भने बाल कलाकारमा सलिन राना र अल्पा शाह ठकुरी रहेका छन् ।
भिडियो कन्सेप्ट तथा निर्देशन शिशिर खातीले गरेका छन् ।