१८ असार २०८३, बिहीबार

जिन्दगीमै पहिलोपटक पोखरामा अभिनय सिक्दै प्रदिप खड्का

जिन्दगीमै पहिलोपटक पोखरामा अभिनय सिक्दै प्रदिप खड्का

प्रेम गीत, प्रेम गीत २, प्रेम गीत ३, लिलिबिली, लभ स्टेशन, रोजजस्ता चलचित्रमा काम गरिसकेका लोकप्रिय अभिनेता प्रदिप खड्का अभिनय सिक्न पोखरामा गएको खबर सुन्दा तपाईँलाई अचम्म लाग्ला । तर, कुरा साँचो हो ।

आगामी प्रोजेक्ट ‘हुतुतु’को स्क्रिप्टमा एक महिना समय दिएका प्रदिप एकाएक अभिनय सम्वन्धी कोर्षका लागि पोखरा हानिएका हुन् । उनले कलाकार तथा निर्देशक अनुप बरालसँग ३ महिने अभिनय कोर्ष सुरु गरेका छन् । प्रदिपले अभिनयको कक्षा लिएको यो जिवनमै पहिलो पटक हो । यसअघि उनले कहिल्यै यसबारे औपचारिक कक्षा लिएका थिएनन् ।

अभिनेता प्रदिपले यो कोर्ष सकाएपछि मात्रै आगामी प्रोजेक्ट हुतुतुको छायांकन थाल्ने बुझिएको छ । उनी निकट एक स्रोत भन्छ, ‘हुतुतु धेरै गाह्रो विषयमा निर्माण हुन लागेको चलचित्र हो । यो चलचित्रका लागि र समग्र प्रदिप आफ्नै अभिनय निखारका लागिसमेत यो कोर्ष लिएका हुन् ।’

अभिनेता खड्काले दैनिक ६ घन्टासम्म बरालको प्रत्यक्ष निगरानीमा ट्रेनिङ समेत गर्दै आएका छन् । दशैं मनाउन केहि दिन होमटाउन काठमाडौं आएपनि उनी तुरुन्तै पोखरा फर्किनेछन् ।

'मलाई पहिलेदेखि नै अभिनय सिक्न मन थियो, प्रदिप भन्छन्, ‘त्यो मौका जुरेको थिएन । यो कोर्षबाट अभिनयका विभिन्न आयाम सिक्नेछु । यसले मेरो अभिनय माथि पनि निखारता आउने अपेक्षा गरेको छु ।’

salt training

कमेन्ट गर्नुहोस्