३१ जेठ २०८३, आइतबार

ट्रम्पको जीतले अमेरिकामा लुकेर बसेकालाई असर गर्दैन, नेपालीलाई अमेरिका जान झन् सजिलो हुन्छ

कात्तिक २०, २०७४
ट्रम्पको जीतले अमेरिकामा लुकेर बसेकालाई असर गर्दैन, नेपालीलाई अमेरिका जान झन् सजिलो हुन्छ

अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएका छन् । ट्रम्प विजयी भएपछि अमेरिकामा बस्ने नेपालीको बिषयमा चिन्ता व्यक्त गरिएको छ । अहिले चर्चा गरिएजस्तो अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपति पद जित्ने वित्तिकै नेपालीलाई अप्ठ्यारो पर्ने अवस्था छैन । अमेरिका एकदमै ठूलो देश हो । भूगोलकै हिसावले भारत भन्दा झण्डै चार गुणा ठूलो छ अमेरिका ।

गैरकानुनी आप्रवासीहरूलाइ घर पठाउने भन्ने कुरा तत्काल कार्यान्वयनको सम्भावना छैन, बरु त्यसमा अनेकन समस्या छन् । त्यो कारणले गर्दा नेपालीहरूलाई फाइदा पुुग्न सक्छ । ट्रम्पले मुस्लिमहरूलाई केही समयको लागि भिसा नदिने भनेका छन् त्यसैले त्यो भयो भने भिसा लिएर अमेरिका जाने नेपालीको संख्या बढ्न सक्छ ।

jayarach_acharyaडा. जयराज आचार्य

जस्तै डिभीमा अमेरिकाले नेपालको कोटा बढउन सक्छ भने विद्यार्थी भिसामा पनि केही खुकुलोपन आउन सक्छ । अहिले पनि अमेरिका नै विद्यार्थी भिसामा धेरै बिद्यार्थी पठाउने देश हो ।

अमेरिका धेरै ठूलो देश भएकोले गैरकानुनी कामदारलाई तत्कालै अप्ठ्यारो पर्ने सम्भावना मैले देख्दिन । घरघरमै गएर गैरकानुनी कामदार खोज्ने सम्भावना हुँदैन । त्यहाँको कानुनले पनि त्यस्तो व्यवस्था गरेको छैन । करोडको संख्यामा गैर कानुनी इस्पेनीसहरू छन्, उनीहरु त्यहाँको अर्थतन्त्रका खम्बा नै हुन । त्यसैले गैर कानुनी कामदारलाई घर पठाउने सम्भावना नै छैन ।

डोनाल्डले धेरै मत पाएका राज्यमा त राज्यको उपस्थिति नै छैन । नेपालीहरू पूर्वि किनारा र पश्चिम किनारामा बढी छन् तर उनीहरुलाई घर पठाउने सम्भावना छैन । अर्को कुरो रह्यो, मेक्सीकोमा पर्खाल बनाउने । उक्त विषयमा रिपब्लिकनकै नेताहरूले डोनाल्डलाई साथ दिएका छैनन् । त्यसैले तत्कालै पर्खाल बन्दै बन्दैन ।

डोनाल्ड कुनै राम्रो उम्मेदवार भएर चुनाव जितेको होइनन् । हिलारी बाराक ओबामा जत्तिकै प्रखर नभएको र अमेरिकामा राजनीति प्रति असन्तुष्टि बढेकोले उनले चुनाव जितेका हुन् । हिलारी एक प्रकारले ‘टेस्टेड’ उम्मेदवार पनि थिइन ।

अमेरिकामा नेपालमै झैं राजनीति प्रति असन्तुष्टि रहेको छ । अहिले अमेरिकी जनतामा आम्दानी र रोजगारी घटेकोले असन्तुष्टि बढेको हो । गोरा अमेरिकनहरू राजनीति प्रति बढीनै निरास भएका हुन् । बाराक ओबामाले अमेरिकामा धेरै राम्रा काम गरेका छन् । त्यो भन्दा अघिल्लो पटकको रिपब्लिकन सरकारले डुबाएको अर्थतन्त्र अझै २० वर्ष सम्म लाइनमा आउन सक्दैन ।

ओबामाले व्यापार घाटा कम गरे । अर्थतन्त्र डामाडोल भएको थियो, उनले राज्यकोषबाट करोडौं रकम दिएर ठूला कम्पनीहरूलाई बचाएका थिए । रोजगारी केही बढेको छ तर उनले भनेका सबै काम गर्न नसकेको होलान । अर्को कुरा अमेरिकामा ८ वर्षमा जनमत बदलिइरहन्छ । कुनै दलले लामो समय शासन गरेको छैनन् ।

संयुक्त राष्टसंघमा नेपालका स्थायी प्रतिनिधि (राजदूत) भएर काम गरेका परराष्ट्रविद् डा. जयराज आचार्यसँग लोकान्तरका लागि विशाल भट्टराईले गरेको कुराकानीमा आधारित

salt training

कमेन्ट गर्नुहोस्