१२ असार २०८३, शुक्रबार

सशस्त्र प्रहरीको गणपति र गुल्मपति तालिम सम्पन्न, को-को भए उत्कृष्ट ?

सशस्त्र प्रहरीको गणपति र गुल्मपति तालिम सम्पन्न, को-को  भए उत्कृष्ट ?

 सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालित सि.सं. ४ गणपति तालिम र २४ गुल्मपति तथा स्टाफ तालिमको  शुक्रबार समापन भएको छ ।
सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छन् । उनले तालिमका प्रशिक्षकहरुलाई समेत प्रशंसापत्र प्रदान गरे ।

 खनालले सो अवसरमा तालिमको महत्वमाथि प्रकाश पार्दै फौजी संगठनमा यस्ता व्यावसायिक तालिमबाट प्राप्त ज्ञान, कला तथा कौशलले सुरक्षाकर्मीहरुको व्यावसायीक क्षमतामा अभिबृद्धि हुनुका साथै कार्यक्षेत्रमा दायित्व निर्वाहमा सघाउ पुग्ने उल्लेख गरे ।
उनले व्यक्तिगत वृत्ति विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने यस्ता पेशागत तालिमले दक्ष जनशक्ति तयार भई कार्यक्षेत्रमा रहेका चुनौती तथा भोलिका दिनहरुमा आउन सक्ने सुरक्षा चुनौतीहरूलाई समेत परास्त गर्दै उत्कृष्ट कार्यसम्पादन गर्नसक्ने कुशल कमाण्डर उत्पादन हुने विश्वास व्यक्त गरे ।
 दुई महिना अवधिको गणपति तालिममा कूल २८ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरू र तीन महिना अवधिको गुल्मपति तथा स्टाफ तालिममा कूल ३४ जना सशस्त्र प्रहरी निरीक्षकहरूको सहभागिता रहेको थियो ।

गणपति तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक लालबहादुर शाही सर्वप्रथम भएका छन् भने शोधपत्रतर्फ सशस्त्र प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर चन्द उत्कृष्ट ठहरिएका छन् ।
यसैगरी गुल्मपति तथा स्टाफ तालिममा सशस्त्र प्रहरी निरीक्षक प्रदिप बुढाथोकी सर्वप्रथम भएका छन् भने सोधपत्रतर्फ सशस्त्र प्रहरी निरीक्षक मनोज गुरुङ उत्कृष्ट ठहरिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्