१२ साउन २०८३, मंगलबार

आइतबारदेखि ललितपुरमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

आइतबारदेखि ललितपुरमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय ललितपुरले आइतबारदेखि लागू हुनेगरी अत्यावश्यक बाहेकका सबै सेवा प्रवाह स्थगित गरेको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि जिल्लाभित्र अत्यावश्यक सेवाहरु बाहेकका सेवा प्रवाह स्थगित गरिएको जानकारी दिए ।
प्रशासनले कोभिड–१९ को संक्रमणले भयावह रुप लिन सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, सबै सरोकारवाला निकाय, स्वास्थ्य विज्ञ, सुरक्षा निकायसमेतको छलफलका आधारमा सो निर्णय लिइएको जानकारी दिएको छ । ललितपुरमा हालसम्म कोरोना संक्रमितको संख्या ५ हजार ९३८ पुगेको छ।

salt training

कमेन्ट गर्नुहोस्