१३ असार २०८३, शनिबार

प्राण बचाउने कि हातखुट्टा जोगाउने ?

कात्तिक २०, २०७४
प्राण बचाउने कि हातखुट्टा जोगाउने ?

लोकान्तर टिप्पणी 

अब्राहम लिङ्कन संयुक्त राज्य अमेरिकाको १६ औं राष्ट्रपति हुन् र अमेरिकी इतिहासकारहरूले उनलाई नै ‘महान्’ राष्ट्रपति मानेका छन् । ४५ औं राष्ट्रपति डोनाल्ड ट्रम्पको स्थिति हेर्दा लिङ्कनको लोकप्रियतालाई उछिन्ने अर्को व्यक्तित्व हत्पति निस्कने अपेक्षा अमेरिकीहरूले नै गरेको देखिँदैन । 


लिङ्कनको कार्यकाल सन् १८६१ देखि १८६५ सम्म रह्यो । यो नै त्यो कालखण्ड हो जुन बखत अमेरिका गृहयुध्दको चपेटामा प-यो जसमा ६ लाख २५ हजारभन्दा बढी मानिसको ज्यान गयो । दास-प्रथाको उन्मूलन गरी सबै अमेरिकीलाई बराबर गराउने लिङ्कनको अभियानलाई दास-प्रथा कायम राख्न चाहने दक्षिणतर्फका सातवटा राज्यले विरोध गरे; विद्रोह गरे र सन् १७७६ मा गठित अमेरिकी संघबाट छुट्टिने ध्येयले पृथकतावादी सशस्त्र आन्दोलन नै चलाए । तर लिङ्कनले दह्रो नीति अख्तियार गरी त्यसो हुन दिएनन् । सेना परिचालनको क्रममा जनशक्ति नपुग्दा उनले अश्वेत (काला) मानिसलाई पनि सैनिक बनाए ।

दास-प्रथाको अन्त्य गर्नु लिङ्कनको एउटा कीर्तिमान हो भने अमेरिकाको राष्ट्रिय अखण्डता कायम राख्नु उनको अर्को विशिष्ट उपलब्धि थियो । मूलत: यिनै दुई कुराले लिङ्कनलाई अमर तुल्याएको हो । 

सन् १८६१ को मार्च महिनामा लिङ्कनले राष्ट्रपति पदको शपथ लिए, र त्यसक्रममा अमेरिकी संविधानको संरक्षण र बचाउ गर्ने (preserve, protect and defend)प्रतिबध्दता जाहेर पनि गरेका हुन् । परन्तु दास-प्रथा समाप्त गर्ने अभियानमा लाग्दा त्यो संवैधानिक बाचा तोड्नु प-यो । तोडे । र २६ मार्च १८६४ मा आफूलाई भेट्न आएको केन्टकी राज्यको प्रतिनिधिमण्डल (जसमा तीन सदस्य थिए) लाई आफ्ना कुरा सविस्तार सुनाए ---संविधानको बचाउ गर्नुभन्दा राष्ट्रको अस्तित्व जोगाउनुलाई आफूले सर्वोपरि महत्वको विषय मान्नुका आधार प्रस्तुत गरे । 

प्रतिनिधिमण्डलमा दुइजना राजनीतिक व्यक्ति र एक पत्रकार थिए । पत्रकार ‘फ्र्‌याङ्फोर्ट कमनवेल्थ’ पत्रिकाका सम्पादक अल्बर्ट जी. होजेज थिए जसले भेटघाटको केही दिनपछि लिङ्कनलाई पत्र लेखी भेटको बेला भनिएका कुरा लेखेर पठाइदिनु भए आफू आभारी हुने जानकारी दिए । र, लिङ्कनले त्यसको प्रत्युत्तरमा एक लामो चिट्ठी पठाए । सम्पादक मार्फत पनि आफ्ना दृष्टिकोण जनतामा पु-याउने उनको मनसाय बुझिन्छ । सम्पादक होजेजलाई ‘माई डियर सर’ भनी सम्बोधन गरिएको, ४ अप्रिल १८६४ को, त्यस पत्रको मजबुन यस्तो थियो :--- सामान्य अवस्थामा मानिसको प्राण र हातखुट्टा लगायतका अङ्ग सबै जोगिनु पर्छ । तर असामान्य अवस्थामा भने हातखुट्टा काटेर भएपनि प्राणको रक्षा गर्नुपर्छ । यस्तोमा हातखुट्टा जोगाउने तर प्राण चाहिँ जान दिने कार्य बुध्दिमानी नठहरिएला ।

(By general law life and limb must be protected; yet often a limb must be amputated to save a life; but a life is never wisely given to save a limb.)

यो टिप्पणीमा परेको सन्दर्भ र अन्य सान्दर्भिक विचारको लागि माघ २०६९ मा प्रकाशित यो पुस्तक हेर्न सकिन्छ :

salt training

कमेन्ट गर्नुहोस्