
काठमाडौं, २७ वैशाख – नेपाली कांग्रेसका नेता तथा स्वास्थ्य मन्त्री गगनकुमार थापाले स्थानीय चुनाव सहित प्रदेशको चुनावमा पनि नेपाली कांग्रेस र एकिकृत नेकपा माओबादीको गठबन्धन कायम हुने भएकाले चित्त नदुखाउनको लागि एमालेलाई आग्रह गरेका छन् ।
उनले सरकार बन्नको लागि अंक गणित र सांसद मिल्नुपर्ने भएकोले तत्कालै एमाले सरकारमा जाने सम्भावना नरहेको उनले बताए ।
आज आयोजित एक पत्रकार सम्मेलनमा सम्बोधन गर्दै उनले तत्काल एमाले सरकारमा सहभागि हुने सम्भावना नरहेको बताए । स्थानीय चुनाव सहित प्रदेश र त्यसपछि का चुनाव सम्म पनि कांग्रेस र माओबादीको गठबन्धन भइरहने बताए ।
उनले एमालेलाई प्रतिपक्षमा बसेर चुनाव लड्नु परेकोमा चित्त नदुखाउन पनि अनुरोध गरेका छन् ।