२६ असार २०८३, शुक्रबार

होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु

कात्तिक १, २०७७
होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु

कोरोना संक्रमणपछि होम आइसोलेसनमा बसेका भक्तपुरका १ संक्रमितको शनिवार होम आइसोलेसनमै ज्यान गएको छ । 

दम तथा निमोनियाका बिरामी भक्तपुर नगरपालिका–७ इनाचोका ६९ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण शनिवार मृत्यु भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।

गत असोज २८ डा. इवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेसनमा बसेकामा शनिवार मृत्युपछि स्थानीय जनप्रतिनिधि, प्रहरीको रोहवरमा मृतकको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गरेको भक्तपुर नगरपालिका–८ का वडाध्यक्ष उकेश कवांले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्