३२ असार २०८३, बिहीबार

नवनियुक्त मन्त्री श्रेष्ठले गरे शहीदप्रति सम्मान

कात्तिक १, २०७७
नवनियुक्त मन्त्री श्रेष्ठले गरे शहीदप्रति सम्मान
प्रतिकात्मक तस्वीर

नवनियुक्त शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले काठमाडौंका विभिन्न स्थानमा रहेका शहीदका सालिकमा पुगेर शनिवार माल्यार्पण गरेका छन् ।

मन्त्रीका रूपमा शपथग्रहण गरेको तेस्रो दिन उनले देश र जनताका लागि प्राण आहुति दिने शहीदको शालिकमा माल्यार्पण गरेका हुन् ।

उनले टेकु पचली, शोभा भगवती, गणेशस्थान लगायतका स्थानमा पुगेर शहीदप्रति सम्मान व्यक्ति गरे । मन्त्री श्रेष्ठले शनिवारै कोटेश्वरस्थित मदन भण्डारी पार्क पुगेर उनको सालिकमा पनि माल्यार्पण गरेका छन् ।

लामो समयदेखि काठमाडौं उपत्यकाको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी नेतृत्व गर्दै आएका उनी काठमाडौं क्षेत्र नम्बर ९ बाट प्रतिनिधि सभामा निर्वाचित हुन् ।

salt training

कमेन्ट गर्नुहोस्