०१ साउन २०८३, शुक्रबार

यी जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित, सक्रिय संक्रमित दिनहुँ बढ्दै

कात्तिक १, २०७७
यी जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित, सक्रिय संक्रमित दिनहुँ बढ्दै


मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, कास्की, रुपन्देही, बाँके, भक्तपुर, ललितपुर र काठमाडौँमा ५०० बढी सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मुस्ताङमा भने सक्रिय सङ्क्रमित रहेका छनैनन् ।
मन्त्रालयले कोरोनाबाट पछिल्लो २४ घन्टामा १२ जनाको ज्यान गएको जनाएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ७२७ पुगेको छ ।
२४ घण्टामा कति संक्रमित थपिए

पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा एक हजार ७४६ सहित देशभर तीन हजार १६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

काठमाडौँमा एक हजार ४५१, ललितपुरमा १५२ र भक्तपुरमा १४३ नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा १५ हजार ४३८ नमुना पिसिआर विधिबाट परीक्षण गरिएको थियो । नेपालमा कूल सङ्क्रमितको सङ्ख्या एक लाख २९ हजार ३०४ पुगेको छ । हालसम्म १२ लाख ६९ हजार ६०५ नमूनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार २५ हजार ३४८ सङ्क्रमित होम आइसोलेसन र १३ हजार २९९ सङ्क्रमित संस्थागत आइसोलेसनमा छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ७३७ पुगेको छ । सङ्क्रमितमध्ये २९० जनाको आइसियू र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा एक हजार ८०० जना कोरोना मुक्त भएका छन् । यससँगै नेपालमा कोरोना मुक्त हुनेको सङ्ख्या ८९ हजार ८४० पुगेको छ ।

   

salt training

कमेन्ट गर्नुहोस्