
चितवन मेडिकल कलेज, भरतपुरमा पहिलोपटक कृत्रिम गर्भाधान विधिबाट शिशु जन्माइएको छ । विगत १५ वर्षदेखि सन्तान हुन नसकेका भरतपुरका एक जोडीको उक्त विधिबाट आज छोराको जन्म भएको हो ।
अस्पतालका प्रसूति विभागका डा रेनुका ताम्राकारका अनुसार गत वर्ष माघमा कृत्रिम गर्भाधान गराइएकामा आज शल्यक्रियामार्फत बच्चा जन्माइएको हो । नाम नखुलाइएको आमा र बच्चाको स्वास्थ्य राम्रो रहेको उनले बताइन् ।
डा ताम्राकारले जिल्लामा पहिलो पटक कृत्रिम गर्भाधान विधिबाट चितवन मेडिकल कलेजमा बच्चा जन्माइएको जिकिर गरिन्। प्