२८ असार २०८३, आइतबार

गस्तीमा निस्किएका असईको हत्या, हवल्दार सम्पर्कविहीन

कात्तिक २, २०७७
गस्तीमा निस्किएका असईको हत्या, हवल्दार सम्पर्कविहीन
सांकेतिक तस्वीर

कैलालीमा गस्तीमा रहेका असई गोविन्द विकको हत्या भएको छ । 

कैलालीको जिगडा प्रहरी चौकीबाट भारतीय सीमा क्षेत्रमा मोटरसाइकल गस्तीमा गएका असई गोविन्द विकको शव फेला पारेको सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डीआईजी उत्तम सुवेदीले जनाकारी दिए ।

डीआईजी सुवेदीका अनुसार गस्तीमा गएका प्रहरी र तस्करहरू बीच मुडभेड भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

उनीसँगै गएका हवल्दार रामबहादुर साउद पनि सम्पर्कविहीन भएका छन् ।

असईको शव मोहना नदीमा फेला परेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्