चितवन, २७ बैशाख– भरतपुर महानगरपालिकामा गरिएको चुनावी तालमेल सफल बनाउन प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा एकसाथ चुनावी सभामा उपस्थित हुने भएका छन् ।
स्थानीय निर्वाचन प्रचारप्रसारका लागी काग्रेस–माओवादी भरतपुर महानगर संयुक्त प्रसार प्रचार कमिटीको आयोजनामा बिहीबार बिहान हुने आमसभामा प्रमुख वक्ताको रुपमा संवोधन गर्न प्रचण्ड र देउवा सहभागी हुन लागेका हुन् ।
बृहत आमसभालाई सम्बोधन गर्न दुजै नेताहरु बिहीबार बिहानै भरतपुर पुग्ने कार्यक्रम छ ।
प्रचण्ड र देउवासँगै सभालाई सम्बोधन गर्न माओवादीका बरिष्ठ नेता रामबहादुर थापा (बादल) र कांग्रेस तथा रक्षामन्त्री नेता बालकृष्ण खाड चितवन आउने छन् ।